गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने : डीआईजी अरुण कुमार

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रहरी कर्मचारीले कुनै पनि गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताउनु भएको छ। नेपाल सरकार, गृह मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७८ साल असार ७ गतेको निर्णयले १ नम्बर प्रदेश सरुवा भई पदभार ग्रहण गर्नु भए संगै १ नम्बर प्रदेश मातहत रहेका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिनुहुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो ।

वाहाँले प्रमाणमूखी अपराध अनुसन्धानलाई जोड दिन, फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौटको लागि जोड दिन, हिरासत व्यवस्थापनमा बिशेष ध्यान दिन र लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तथा सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी निकाशी नियन्त्रणका लागी दत्तचित्त भएर लागी पर्न समेत निर्देशन दिनु भएको छ ।

प्रहरी महानिरीक्षक द्वारा जारी गरिएको प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्ने र राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्ने तथा खराव आचरण प्रस्तुत गर्नेलाई तत्काल कारवाहि गर्न समेत निर्देशन दिनु भयो ।

वाहाँले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्ने र माथिल्लो कार्यालय र सम्बन्धीत कार्यालयको सम्पर्क नम्बर तथा प्रमुखको नम्बर स्पष्ट देखिने स्थानमा राख्न, बर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा रहन, प्राकृतिक श्रोतसाधनको अवैध दोहन हुन नदिने तर्फ बिशेष चनाखो हुन तथा COVID-19 को रोकथाम तथा नियन्त्रण तर्फ बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..