धनुषा । प्रदेश नम्बर २ मा नेपाल प्रहरीका प्रमुख परिवर्तन भएका छन् । प्रदेश नम्बर २ को प्रमुखमा डीआइजी उमेश रञ्जितकार सरुवा भएका छन् । आइजीपी सचिवालय अन्तर्गतको उजुरी छानबिनमा समेत कार्यरत रहिसकेका उनले विगतमा राखिएका घुमुवाहरू यथावत राख्छन् कि हटाउँछन् भन्ने चासोका साथ हेरिएको छ ।
१० महिनामात्र सेवावधि रहेका रञ्जितकारले यसअघि असुलीका लागि खटिएका घुमुवालाई राखेमा उनी समेत बदनाम हुने प्रहरी स्रोत बताउँछ । आइजीपी शैलेश थापा क्षेत्रीसँगै उनी २०७९ वैशाख १८ गते अवकाश हुँदैछन् ।प्रदेश नम्बर २ बाट ८ वटा जिल्लामा घुमुवा खटाइका छन् ।
तर वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीले भने केन्द्रबाट घुमुवा खटाएका छैनन् ।हरेक आइजीपी नियुक्त हुनासाथ घुमुवा राखी अतिरिक्त असुली गर्ने क्रम अन्त गर्ने भन्छन् । तर त्यसपछि सबैले बिर्सदै जान्छन् । प्रदेश नम्बर २ मा सबैभन्दा बढी घुमुवा राखिने गरेको छ । नेपाल प्रहरी प्रदेश प्रमुख र जिल्लाका हाकिमहरू घुमुवा राखी अतिरिक्त आम्दानी लिने गरेको आरोप लाग्दैआएको छ ।
अपराधी पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्न खटाउने गरेका प्रहरीको काम बढी अपराधीसँग मिलेर रकम लेनदेन गर्ने आरोप छ ।नेपाल प्रहरीमा अनौपचारिक पोशाकमा खटिनेलाई घुमुवाको संज्ञा दिने गरिएको छ । घुमुवा प्रहरी पछिल्ला दिनमा इन्चार्जका अतिरिक्त कमाइका माध्यम हुँदैआएका छन् ।
प्रदेश नम्बर २ बाट धनुषा हेर्ने गरि हवल्दार रामसेवक ठाकुर घुमुवाकाे रूपमा परिचालन छन् । धनुषा जिल्लाका विभिन्न नाकाबाट प्रहरीको घुमुवा हवल्दार रामसेवक ठाकुरकाे सेटिङमा अहिले खुलेयाम तस्करी भैरहेको छ। धेरै लामो समयदेखि धनुषामा घुमुवा भएर बदनाम भएका हवल्दार रामसेवक ठाकुर ।। उनलाई आर्थिक काराेवार हेर्ने गरि घुमुवाकाे रूपमा परिचालन गरिरहेका छन् ।
घुमुवा हवल्दार रामसेवक ठाकुरले धनुषाको विभिन्न नाकाबाट काम गर्ने व्यापारीहरूलाई तस्करीको लाइन दिएवापत असार महिनाको रूपैयाँ उठाएको अहिले जनकपुरधाममा व्यापारीहरू बीच चर्चा चलेको छ। तस्करीको लाइन पाउने व्यापारीहरूमा चाची भन्ने राजिव महासेठ , सुरेश साह ,बर्तुला , धर्मेन्द्र , उमेश साह , सुल्तान , सन्तुल्ला , नैन र गफार मुख्य छन् ।
घुमुवाले यी व्यापारीबाट एक लाख देखि चार लाख सम्म उठाएको चर्चा धनुषामा छ। उक्त रकम असार महिनाको भएको समेत खुलेको छ। राजिव मटर , मरिचकाे ठूलो तस्करको रूपमा चिनिन्छन। डिआइजीकाे तर्फबाट धनुषाकाे घुमुवाकाे रूपमा खटिएका ठाकुरले असुली धन्दाबाट नै जनकपुरकाे कुर्था भन्ने स्थानमा ४० लाखमा जग्गा किनेर झण्डै ४० लाखको हाराहारीमा घर बनाएका छन् । जबकि उनको घर बाराकाे पनि गाउँमा पर्दछ ।अब डीआईजी रन्जितकारले उनलाई राख्छन् या हटाउंछन त्यो हेर्न बांकी नै छ।


