‘इटाली पठाइदिन्छु’ भन्दै ठगी र बिचल्ली पार्ने पक्राउ

काठमाडौं । इटाली पठाइदिन्छु भन्दै ठूलो मात्रामा रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालका वडा नम्बर ७ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय उमेश रेग्मी छन्।


उनले प्रतिव्यक्ति साढे १० लाख लिएर उनीहरूलाई अजरबैजानसम्म पुर्‍याएका थिए। तर अजबैजानमा तीनै जनालाई बिचल्ली बनाएर फरार भएका उमेशलाई ललितपुरको टीकाथलीबाट महानगरी अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो।

उनले अन्य व्यक्तिलाई पनि करिब डेढ करोड भन्दा बढी ठगी गरेको अनुसन्धानका क्रममा खुलेको महाशाखाले जानकारी दिएको छ। उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..