ललितपुर महानगर ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना जगाउँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना शुरु गरेको छ । आजभोली ललितपुरका मुख्य सडकको बिच भागको बगैँचामा ढुंगामा पेन्ट गरिएका ‘स्लोगन’ देख्न सकिन्छ । महानगर प्रमुख चिरिबाबु महर्जनको ‘नमुना शहर योजना’ अनुसार ढुंगामा पेन्ट गरेर सचेतना शुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

ललितपुर नगर प्रहरीको सक्रियतामा अहिले कुपण्डोलदेखि पुल्चोकसम्मका सडक सचेतनामूलक स्लोगानले सजाइएको छ । ‘जिल्लाका मुख्य चोकमा यस्ता सचेतनामूलक ढुंगाले सजाउँदै छौं’ नगर प्रहरी प्रमुख हाछेथुले भने– ‘ढुंगामा पेन्ट गरेर सचेतना जगाएको सम्भवत नेपालमा पहिलो हो ।’ ललितपुर महानगरले महानगरलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानलाई तिब्रता दिँदै दुई ट्रक ढुंगा ल्याएर सो सचेतना शुरु गरेको हो ।

कुपण्डोल हुँदै पुल्चोक सम्मका सडकमा पेन्ट गरिएका ढुंगामा ‘सुरक्षित यात्रा गरौं र बिस्तारै हाँकौँ’ लगायतका सचेतना मुलक स्लोगन राखिएको छ । सवारी चालकको जानकारीका लागि राखिएका होर्डिङ बोर्ड हटाएर अब, ढुंगामा पेन्ट गरेर राखिने नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

‘होर्डिङ बोर्डको रंग उड्ने र खुट्टा भाँचिएर कुरुप देखियो, अब ढुंगाले त्यस्ता बोर्ड रिप्लेस गर्छौँ ।’ शहरलाई पृथक देखाउन र हरियाली प्रवर्द्धन गर्न ललितपुर महानगरले यसअघि पोलमा जथाभावी टाँसिएका पोष्टर हटाएर हरियो रंग पेन्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..