रुपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं । रूपा सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि घरबेटी पक्राउ परेकी छन् । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार पक्राउ गरेको हो ।


वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । रुपाले घरबेटी पक्राउ परेकोबारे पुष्टि गरेकी छन् ।गत मंगलबार बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन । रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् ।


रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..