अपराध राेकथाम र नियन्त्रणमा नागरिक प्रहरी सहकार्य अनिवार्य र अपरिहार्य : डीएसपी थापा

इश्वर दुलाल / काठमाडौं । प्रहरी नायव उपरीक्षक ( डीएसपी ) राजेश थापाले महानगरीय प्रहरी प्रभाग भक्तपुर सुडालकाे नव-निर्मित भवनको समुद्धघाटन गरेका छन ।महानगरीय प्रहरी वृत्त जगतीका प्रमुख राजेश थापाले नव-निर्मित भवनको उद्वघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्न,अपराध रोकथाम,नियन्त्रण एवं अनुसन्धान गर्न समुदायको सहयोग बिना प्रहरी एक्लैले गर्न नसक्ने बताए ।

अपराध राेकथाम र न्युनिकरणमा नागरिक प्रहरी सहकार्य अनिवार्य र अपरिहार्य भएको उनलेे बताए । ‍भवन निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्नु समुदाय प्रहरी साझेदारीको गतिलो उदारण भएको समेत उनलेे बताए ।

भवन निर्माणमा आर्थिक सहयोग पुर्‍याउने सहयोगीहरु, भवन निर्माण समितिका पदाधिकारीहरू र अन्य प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई थापाले धन्यवाद समेत दिए ।

नागरिकले प्रहरी प्रति विश्वास,भरोसाका साथ भवन निर्माण गरी हस्तान्तरण गर्नुले नागरिक सुरक्षा प्रति थप जिम्मेवार र कर्तव्य बोध भई यहाँका स्थानीय नागरिकहरूले शान्तिसुरक्षाको महसुस हुने गरी सेवा प्रवाह गर्न महानगरीय प्रहरी विटमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थापाले निर्देशन समेत दिए ।

महानगरीय प्रहरी प्रभाग भक्तपुर सुडालका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक किशोरध्वज कार्कीको विषेश सक्रियतामा उक्त भवन निर्माण गरिएको हाे ।कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक राजेश थापा, विशेष अतिथी चागुनारायण नगरपालिका ८ वडा अध्यक्ष परासर सापकोटा,वडा सदस्य नरेन्द्र श्रेष्ठ,युवा समाज सेवी राजेश थापा,हारती माता डेभलपर्स प्रा लि का प्रतिनिधि, युवा व्यवसायी एवं भवन निर्माणकर्ता एकेन्द्र श्रेष्ठ लगायतकाे उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..