मध्यरातमा शाहीमाथि आक्रमण

सुर्खेत । आफुलाई भ्रष्टाचार बिरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही लगायतका केही ब्यक्तिमाथि शुक्रवार राति सुर्खेतमा आक्रमण भएको छ ।
शुक्रबार राति करिब १० बजे अभियन्ता शाही र तिलक बस्नेतलगायतका केही ब्यक्तिहरुलाई निर्घात कुटपिट गरेर गाडि समेत तोडफोड गरिएको खबर सार्वजनिक भएको छ।

सामाजिक सञ्जालहरुमा हिजो राति देखि नै उक्त खबर बाहिर आएपछि सो घटनाको विरोध गर्दै शाहीका समर्थकहरुले आक्रोश व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा सजायको माग गरेका छन्। यद्यपि घटना के र कति कारणले भयो भन्ने कुराको सत्यतथ्य भने पूर्ण रुपमा बाहिर नआइसकेको बेला समर्थकहरुका अनुसार उनी निषेधाज्ञाको समयमा केही राहतका सामग्रीसहित सो क्षेत्रमा जाँदै थिए।

उक्त घटना कसले गर्यो भनेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ भने शाहीको टीम कर्णाली क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारात रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..