संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

काठमाडौं । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी बढेपछि प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपचारमा सहयोगीको रुपमा आफ्नो भूमिका बढाएको हो ।

यस क्रममा प्रहरीले अक्सिजनका खाली सिलिन्डर खोज्ने, भर्ने र अस्पतालसम्म पुर्याएर बिरामीको ज्यान बचाउने काम सुरु गरेको छ ।ललितपुरबाट सुरु भएको यो बिशेष जिम्मेवारी देशभरी अघि बढेको छ । यही क्रममा कास्की प्रहरीले एक सय ८७ वटा अक्सिजन सिलिन्डर भरेर अस्पालमा पु¥याएको छ ।


कोरोना भाईरस संक्रमणलाई ध्यानमा राखी अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस भन्ने उद्देश्यका साथ कास्की जिल्ला अन्तरगत बिभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसंग रहेका अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।

पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी प्रहरीले संकलन गरेका सिलिन्डर कोरोना भाईरस संक्रमित बिरामीहरुको उपचारार्थ बिभिन्न अस्पतालहरुमा पठाउने गरी ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरेको छ ।यस्तो नवीन कामको सुरुवात ललितपुर प्रहरीले बुधबार सुरु गरेको थियो । ललितपुरमा अक्सिजनका खाली सिलिन्डर जम्मा गरी कम्पनीमा बुझाइएको थियो । अहिले गृह मन्त्रालयले नै यस्तो काम गर्न सबै जिल्लालाई निर्देशन दिएको छ ।

अक्सिजन सिलिन्डर संकलन गर्ने कामको सुरुवात ललितपुर प्रहरीले गरेको थियो ।महामारीको समयमा निषेधाज्ञा कार्यान्वायनदेखि बिरामीलाई अस्पताल लैजाने कामसम्मका प्रहरी खटिएका छन् । यसरी फ्रन्टलाइनमा काम गर्ने प्रहरीलाई सरकारले जोखिम भत्ता समेत दिने निर्णय गरेको थियो ।

पछि अधिकतम १० प्रतिशतलाई मात्र दिने भनेपछि प्रहरीले ‘भत्ताबिना नै देशसेवा’ गर्ने निर्णय गरेको थियो । जसअनुसार कोरोनोको दोस्रो लहरमा प्रहरी फ्रन्टलाइनमा खटिएको छ । अहिले पनि पर्याप्त स्रोत साधन बिना नै प्रहरी सीमादेखि अस्पतालसम्म खटिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..