लागुऔषध कारोबारको आशंकामा दुई प्रहरी जवान लागुऔषध ब्यूरोको नियन्त्रणमा

काठमाडौं । लागुऔषध कारोबार गरेको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना जवानलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । वृत जनसेवाको इन्टेलिजेन्स युनिटमा कार्यरत उनीहरु सादा पोसाकमा परिचालित हुन्थे । उनिहरुलाई काठमाडौंको डल्लुबाट पक्राउ गरिएको हो ।नगारी र ओडबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिलिप चौधरीले बताए ।


कारोबारीबाट बरामद गरिएको डाइजेपाम, फेनारगन र नुर्फिन सहित १ सय ८६ एम्पुल लागुऔषध उनीहरुले दोस्रो कारोबारीलाई बेच्न खोजेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..