कुटपिटबाट एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपीटबाट मृत्यु भएको छ ।

बैशाख १० गते राती १० बजेको समयमा स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुर राई बिच सामान्य घरायशी बिषयमा बादबिबाद भई झगडा हुँदा शन्तुराजले बिर बहादुरलाई कुटपिट गरी घाईते बनाएका थिए ।

घाईतेलाई उपचारको लागी बाँसवारी न्युरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो ।

घटना बारे जानकारी पाए लगत्तै प्रहरी टोली खटि गई कुटपिटमा संग्लग्न रहेका शन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..