बोलेरो दुर्घटनाबाट तिनको मृत्यु, एक घाईते

ओखलढुङगा । ओखलढुङगा मानेभञ्ज्याङ-४ धुसेनि स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये ३ जनाको मृत्यु र १ जना गम्भिर घाईते भएका छन् ।


मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ-४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, सोही स्थान बस्ने ५० बर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ बर्षीया बालिका डोल कुमारी आलेमगर रहेका छन् ।

आज बिहान सवा ११ बजे धुसेनि तर्फ जादै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भिर घाईते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा गम्भिर घाईते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ बर्षीय कमल बहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्सद्धारा काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..