प्रहरी परिवारका लागी सिपमुलक Gardening (फूल खेती) तालिमको समुद्घाटन्

बिराटनगर । १ नं. प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा अवकास प्राप्‍त तथा बहालवाला प्रहरी कर्मचारीहरुका साथै प्रहरी परिवारका लागी सिपमुलक Gardening (फूल खेती) तालिमको शुभारम्भ गरिएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न उक्त तालिमको प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको हो ।

उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघकी अध्यक्ष श्रीमती कार्कीले स्वरोजगारीको माध्यमबाट आत्मनिर्भर हुन सहायक सिद्ध हुने कुरामा जोड दिनु भयो । यस्ता सिपमुलक तालिमको माध्ययमबाट ब्यक्तीको क्षमता अभिवृद्दि गरी थप आय आर्जन गर्न सक्ने अभिप्रायले यस्ता तालिम संचालन गरिएको बताउनु हुँदै यस तालिममा प्रहरी कार्यालयहरुमा फूल तथा बिरुवाहरु स्याहार सुसार गर्ने जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरुलाई समेत सहभागी गराईएकोले प्रहरी कार्यालयहरुमा दक्ष जनशक्ति उत्पादन भई कार्यालयहरुलाई व्यवस्थित तरिकाले Gardening को कार्य गरि अझ आकर्षक बनाउने अपेक्षा लिएको बताउनु भएको छ ।

प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ दिन अवधीको सिपमुलक Gardening (फूल खेती) तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उक्त तालिम समुद्घाटन कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..