बालिकालाई करणी गरेको आरोपमा एक पक्राउ

मोरङ। प्रहरीले मोरङको उर्लाबारी नगरपालिका– ७ की बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।


फेसबुकमार्फत चिनजान भएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तेह्रथुमको मेन्छायम गाउँपालिका घर भइ मोरङको सुन्दरहरैचामा बस्दै आएका २५ वर्षीय गोबिन्द हिङमाङलाई पक्राउ गरेको हो।


हिङमाङमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत नजिक भएको र होलीको दिन उर्लाबारीमा करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार बलात्कार आरोपमा जाहेरी परेपछि हिङमाङलाई पक्राउ गरिएको छ।


फेसबुकमार्फत नजिकिएर करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। हिङमाङ विरुद्ध ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।


प्रहरीका अनुसार केही महिनायता फेसबुकमार्फत उनीहरु नजिकिएका थिए। सोमबार होलीको दिन उर्लाबारीमा भेट भएपछि युवकले ललाईफकाई करणी गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..