मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


मोरङ । मोरङ रतुवामाई नगरपालीका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।

बुधवार बेलुका ५ बजे सोही स्थानमा मे११प ५४५५ नम्बरको मोटरसाईकलले पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईतेको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक सोही स्थानका अक्षय कुमार ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..