रुपन्देहीका प्रजिअ र दुई एसपीको एकैसाथ सरुवा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रजिअ र दुई सुरक्षा निकायका प्रमुखको एकैसाथ सरुवा भएको छ। सुरक्षा व्यवस्थापनमा कमजोर रहेको भन्दै उनीहरुको सरुवा भएको हो।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) पीताम्बर घिमिरे, नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो।

रूपन्देहीका प्रजिअ घिमिरेको पर्सा सरुवा भएको छ। त्यस्तै रूपन्देहीमा पर्साका प्रजिअ अस्मान तामाङ जाने भएका छन्।

त्यस्तै, नेपाल प्रहरीका एसपी पोखरेलको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। उनको स्थानमा एसपी मनोज केसीलाई जिम्मेवारी दिइएको छ।

यस्तै सशस्त्र प्रहरी प्रमुख भरत खनियाको सरुवा भएपनि उनको ठाउँमा कसलाई पठाइएको खुलेको छैन्।

एसपी पोखरेलमाथि तारे होटलबाट अवैध रुपमा अनलाइन गेम (जुवा) खेलाउने गिरोहसँग आर्थिक लाभ लिएर संरक्षण गरेको आरोप समेत लागेको थियो। त्यस्तै सशस्त्रका एसपीलाई पनि आर्थिक अनियमितताको आरोप लागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..