प्रहरी कल्याण कोषको सीएमा आर्जन अधिकारी सिफारिस

काठमाडौं ।नेपाल प्रहरी कल्याण कोषमा पूर्णकालीन सीएमा आर्जन अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।


कोषले पहिलो पटक ५ कात्तिक र दोस्रो पटक २५ माघमा प्रकाशित गरेको सूचना अनुसार लिखित र अन्तरर्वार्ताबाट एक नम्बरमा नाम निकाल्न सफल भएका अधिकारीलाई नियुक्तिका लागि सफारिस गरिएको हो ।


कोषले सोमबार प्रकाशित गरेको नतिजा अनुसार वैकल्पिकमा रवीन्द्र पाण्डे र अंकित अर्याल रहेका छन् । कोषले प्रहरी संगठनका बहालवा र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरु र अमर प्रहरी परिवारका सदस्यहरुको स्वास्थ्य, शिक्षा तथा आर्थिक क्षेत्र लगायत अन्य विविध कल्याकारी क्षेत्रहरुमा समयानुकूल सेवा दिँदै आएको छ ।


कोषबाट हाल शैक्षिकवृत्ति मिनाहा, छात्रवृत्ति, ज्येष्ठ प्रहरी निवृत्तिभरण, सीपमूलक तालिम, विशेष आर्थिक ऋण, किरियाकर्म अनुदान, किस्ताबन्दीमा घरायसी सामान खरिद सहयोग, दुर्घटना क्षतिपूर्ति राहत, औषधि उपचार अनुदान, पूर्वप्रहरीलाई रोजगारीका अवसर दिनेजस्ता कार्यक्रम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..