प्रतिनिधि सभा सदस्य अरगरियाको कोषबाट सामुदायिक भवन बन्ने

जनकपुर । धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माण हुने भएको छ ।धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य उमाशंकर अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो ।

शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् । त्यस अवसरमा बोल्दै सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताए ।बलहागोठमा सामुदायिक भवन नहुँदा स्थानीय वासीलाई कुनै भेला, कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै सो भवन निर्माण गरिने उनले बताए । सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो भवन निर्माण हुनेछ ।

सामुदायिक भवन बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय रमण मंडलले सामुदायिक भवन बनेपछि आफूहरुलाई सजिलो हुने बताए ।शिलान्यास कार्यक्रममा स्थानीय नेताहरु जिवछ पघैया, अशोक मंडल, इन्द्र कुमार सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..