‘नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदैँनौ’ : शर्मा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन ।

रिपाोटर्स क्लब नेपाालले गरेको साक्षात्कारमा उनाले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने सम्भावना रहेको उनको भनाई छ ।

उहाले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भएपनि त्यो एजेण्डा नभएको बताए । अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि उनले बताए । नेता शर्माले देशको राजनीतकि परिस्थिति अलि अलि गम्भीर नै रहेको उल्लेख गरे ।

साक्षात्कामा नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजानेगरि अघि बढेको बताए । उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि बताए । सर्वोच्च अदालतको फैसला अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएको सुनाउँदै त्यसपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको पनि अधिकारीले बताए ।

साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने बताए । अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै रहेको उनको आरोप छ ।

उनाले अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुई थरि धारणा रहेको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..