लागुऔषध सहित ५ जना पक्राउ


मोरङ । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका – १० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ ।

सोमबार राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गांजा २०० ग्राम फेला पारेको छ ।

प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि-बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..