लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ


झापा । झापा जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ का २० बर्षीय अजय राजवंशीलाई २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद रु ७०००।–र मोबाईल २ थान सहित मंगलवार राती ८ बजे पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतिय नागरिक भारत किशनगंञ्जका ३० बर्षीय मो.आलम र २८ बर्षीय मदिउर रहमानलाई १० ग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैयाँ ९ हजार १७०, ५० ग्राम गाँजा र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..