पर्सामा ठुलो परिमाणमा लागुऔषध बराबर , दुईजना पक्राउ

पर्सा । वीरगञ्जबाट प्रतिवन्धित लागुऔषध एम्पुल सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमाहरुमा पर्साको अटो रिक्सा चालक पकहामैनपुर गाउँपालिका १ धोरे बस्ने बर्ष २८ जलान्धर दास र अटोमा सवार बर्ष २० का जयप्रकाश मेहता छन् ।

दुबैजनालाई वीरगञ्ज महानगरपालिका १९ बर्वाकाबाट ६ सयथान एम्पुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको संयुक्त टोलिले चेकजाँचको क्रममा दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

लागुऔषध नियन्त्रण गर्न हामीले विशेष प्रहरी परिचालनमा जोड दिएका छौ,’ एसपी बेल बहादुर पाण्डेले भने, ‘पछिल्ला दिनहरुमा राम्रो नतिजा ल्याएपनि जिल्लामा लागुऔष बढ्दै गएको पाएको छु।’

पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धी ऐन २०३३ को दण्ड ‘ज’ बमोजिम कारबाही हुने पाण्डेले जानकारी दिए। केमिकल लागुऔषध रहेकाले एक व्यक्तिलाई २ देखि १० वर्ष कैद हुनुको साथै एक लाखदेखि १० लाखसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको एसपी पाण्डेले बताए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..