लागुऔषध कारोबारमा संलग्न भारतिय महिला सहित ४ जना पक्राउ


बिराटनगर । मोरङ बिराटनगर-१५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतिय महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी-४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले SPASMO-PROXYVON-७२० ट्याब्लेट र PHENERGEN -६० एम्पुल सहित पक्राउ गरेको हो ।

यसै गरी झापा दमक-८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई-२ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई-८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन ।

शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनिहरु दुबै जनालाइ नियन्त्रणमा लिएको थियो । नियनत्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर पेला पारी बरामद गरिएको हो ।
साथै निजहरुको साथबाट नगद ४ हजार ७ सय रुपैया समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनएको छ ।

यसै गरी झापाको मेचीनगर-६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी-२ का ३१ बर्षीय सुजन परियार लागुऔषध सहित पक्राउ परेका छन । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..