बलात्कारको झुटो जाहेरी दिने युवती रौतहट प्रहरीको फन्दामा

रौतहट । व्यक्तिगत रिसिवी साँध्न ‘आफूलाई सामूहिक बलात्कार ग¥यो’ भनेर झुटो जाहेरी दिनेहरु रौतहट प्रहरीको फन्दामा परेका छन् ।

गत पुष २८ गते ओखलढुंगा घर बताउने अन्दाजी १७ वर्षीया युवतीले आफूलाई पुष २५ गते शनिबार ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पुगेकी थिइन् ।

ओखलढुंगाबाट काठमाडौं जाने क्रममा खुर्कोटमा गाडी बिग्रिएपछि बाटोमा बसिरहेको अवस्थामा सिन्धुली खुर्कोटबाट अपहरण गरी ल्याएर आफूलाई सामूहिक बलात्कार गरेका आरोप लगाएकी थिइन् ।

उक्त युवती प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले भाउजु नाता पर्ने मेनुका परियार र साथी कल्पना भुजुलाई सम्पर्क गरेर जाहेरी लिई पीडितको कागजसमेत गराई उनीहरुलाई लिएर घटनास्थल एकिन गर्न प्रहरीको एक टोली पठाएको थियो ।

प्रहरीले घटनास्थलको निकै खोजी गर्दा पनि एकिन हुन नसकेपछि पीडित भनिएकी युवतीले भनेकी नाम भएका व्यक्तिहरुको फोटो फेसबुकबाट खोजी गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ती युवतीले सनाखत गरेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी उनीहरुको मोवाइल फोनको लोकेसन हेर्दा सो दिन उनीहरु सिन्धुली–खुर्कोट, चन्द्रनिगाहपुर नगएको देखिएपछि युवती माथिनै शंका लागेपछि प्रहरीले अर्को पाटोबाट पनि अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा पीडित भनिएकी युवतीको बुवा जिवितै रहेको र एक बर्षदेखि काठमाडौं सुन्दरीजलमा दिदीसँग बस्दै आएकी ती युवती र काठमाडौंबाट भाउजु परियारसँग घुम्न ईलाम जान्छु भनि हिडेकी खुल्न आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रहरीले शंकाको आधारमा पीडित भनिएका महिलाहरुलाई अनुसन्धानात्मक सोधपुछ गर्दा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ स्थायी घर भई काठमाडौँ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरेर बस्ने उनीहरुकै चिनजानका गजेन्द्र भन्ने राम विश्वास साह कानुको योजनामा गरुडा निवासी राम निवास साह कानुलाई फसाउन सोे नाटक गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

गजेन्द्र साहले राम निवाससँगको लेनदेन मुद्दाको रिसिवी साँध्न परियारलाई ६ लाख नगद र जागिर समेत दिने प्रलोभन देखाइ साह कानुसहित ५ जना व्यक्तिहरुलाई फसाउन सो योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उनीहरु पुष २७ गते काठमाडौंबाट बाराको सिमरा आई सिमराबाट मेनुका र कल्पना बिरगञ्ज तर्फ गएका थिए, भने गजेन्द्र साहले पीडित भनिएकी युवतीलाई साथमा लिई पुष २८ गते बिहान चन्द्रनिगाहपुरमा ल्याई छाडेर आफूलाई बलात्कार गरेको भनेर उजुरी दिन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाएको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले झुटो व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजु र पीडित भनिएकी युवतीलाई पुष २९ गते पक्राउ गरेर शुक्रबार जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले बताए ।

सो घटनाका मुख्य योजनाकार गजेन्द्र साह भने हाल फरार रहेको र उनको पनि खोजी कार्य प्रहरीले तीब्र पारेको शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..