सुम्निमा सहकारी अध्यक्षमा सोनाहाङ

धरान । सुम्निमा बचत तथा ऋण सहकारी संस्थाको शनिवार भएको तेश्रो अधिवेशनले सञ्चालक समिति अध्यक्ष पदमा सोनाहाङ राई पुनः सर्वसम्मतिले निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमन लिम्बु चयन भएका छन् ।

सदस्यहरूमा तुलसी लिम्बु, महेन्द्र गोले तामाङ, प्रदिप कुमार राई, डिल्ली कुमार फोम्बो, मंगल सिंह लिम्बु, शन्तोस राई(क), शन्तोष राई(ख), सुरज राई र संगीता राई तुम्बापो छन् । लेखा समिति संयोजकमा हर्क लक्ष्मी राई चयन भएकी छन् । सदस्यमा डीक बहादुर आले मगर र उत्तम खत्री चयन भएका छन् ।

तेस्रो अधिवेशन तथा १० औँ साधारण सभामा सहकारीले आर्थिक वर्ष २०७६÷७७ को ६ प्रतिशतको दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । अध्यक्ष सेनाहाङका अनुसार लाभांश प्राप्त गर्न जेनेरल सेभिङ खाताबाट माघ दोश्रो हप्ता देखी वितरण गरिने बताए ।

सभामा उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट बचत तथा ऋण कारोबार कर्ता, उत्कृष्ट कार्यसमिति सदस्यलाई सम्मान गरियो । साधारण सभाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धरान शाखाका संयोजक, जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष नरेशकुमार इङवारमले गरेको थिए । जिल्ला सहकारी संघका उपाध्यक्ष दिनेश श्रेष्ठ विशेष अतिथि थिए । सभामा धरान नगर सहकारी समन्वय समितिका संयोजक मिसन लामा सहित शेयर सदस्यहरु बचतकर्ताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..