गोली प्रकरण : छोराको बयानले बाबु तानिए, झापाबाट झिकाइयो काठमाडौं

काठमाडौं । सोमवार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा गोली बरामद भएको घटनामा पक्राउ परेका अभियुक्तका बाबुलाई समेत प्रहरीले झिकाएको छ।

सोमवार विमानस्थलको चेकिङमा झापा मेची नगर नगरपालिका २ का २० वर्षीय बद्रीहाङ राई २० राउण्ड गोली सहित पक्राउ परेका थिए। साढे १२ बजेको श्री एयरलाइन्सको फ्लाइटबाट उनी झापाको भद्रपुर जाँदै गर्दा उनले बोकेको झोलाभित्र लुगामा राखिएको नाइन एमएमको ५० राउण्ड गोली बरामद भएको थियो।

‘अभियुक्तको बयानले बुबालाई शंकामा परेका कारण उनका बुबालाई समेत बोलाएका छौं। हिजो उपस्थित हुन जानकारी गराएका हौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले भने।

राईले बोकेको झोलाभित्र प्रहरीको ज्याकेट थियो। त्यही ज्याकेटभित्र भेटिएको हो चम्किलो गोली। समातिएका बद्रीका बुबा अवकाशप्राप्त प्रहरी हुन्। उनका बुबाले प्रहरी नायव निरीक्षक (सई) बाट अवकाश पाएका थिए।

पक्राउ परेका युवकले आफूलाई ज्याकेटभित्र गोली भएको थाहा नभएको तर आफुलाई बुबाले ज्याकेट ल्याइदिनु भनेको बयान दिएपछि बुबा पनि अनुसन्धानमा तानिएका हुन्।

‘बुबाले ज्याकेट काठमाडौंमा छोडिएको छ। आउँदाखेरि लेराउनु भन्नु भएको थियो। त्यही ज्याकेट हालेको हुँ,’ एक अनुसन्धान अधिकृतले राईको भनाई उद्धृत गर्दै भने।

पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..