काठमाडौंको सोह्रखुट्टेबाट चोरीको मोटरसाइकल चढ्ने दुई जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौंको सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका–१ देवीस्थानका राजन तामाङलाई आज पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुसार उनीहरु चढेको बा९२प ७६३० नंको मोटरसाइकल नक्कली भएको पाइएको छ ।

मोटरसाइकलको वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए । उक्त मोटरसाइकल गत वर्ष पुसमा काठमाडौँको सोह्रखुट्टेस्थित सडकबाट हराएको थियो ।

पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्णबहादुर थापाले दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।

महाशाखाले चोरीको मोटरसाइकल खोजी अभियान तीव्र पारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..