Breaking news…अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल पदबाट हटाइँदै

एजेन्सी । बुधबार अमेरिकी संसदमा हमला भएसँगै घटनाकाे विश्वव्यापी आलाेचना भइरहेकाे छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्धारित कार्यकाल पूरा नहुँदै पदबाट हटाउने तयारी भएको बताइएकाे छ ।

समाचार एजेन्सीहरूका अनुसार ट्रम्पलाई तत्कालै पदबाट हटाएर उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिने तयारी सुरु गरिएको छ । नवनिर्वाचित राष्ट्रपतिका दाबेदार जाेइ बाइडेनलाइ राष्ट्रपति प्रमाणित गर्ने कार्य त्यहाँकाे संसद (सिनेट)मा बहस चलिरहेकाे छ । साे बेला ट्रम्प समर्थकहरूले संसदमै हमला गरेका थिए ।

अमेरिकी समाचार आउटलेट टिएमजेड जनाए अनुसार अमेरिकी संविधानमा उपराष्ट्रपतिले राष्ट्रपतिलाई पदबाट हटाउन सकने अधिकार छ । साेही अनुसार ट्रम्पलाइ हटाएर केही दिनका लागि भए पनि उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपति बन्ने तयारी भइरहेकाे बताइएकाे छ । ट्रम्पको कार्यकाल उसै पनि यही जनवरी २०  मा पूरा हुँदैछ ।

बुधबार अमेरिकी संसदको संयुक्त बैठक चलिरहँदा ट्रम्प समर्थकले संसदभित्रै पसेर आक्रमण गरेपछि बैठक अवरूद्ध भएकाे थियाे ।  भिड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्‍मा बैठक पुनः सुरु भइसकको बिबिसीले जनाएकाे छ ।

अमेरिकी संसद्‌ रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो । उक्त बैठकमा राष्ट्रपति-निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ ।

तर, सांसदहरुले बुधबारको हिंसालाई लिएर ट्रम्पलाई त्यसभन्दा पहिल्यै पदबाट हटाउने तयारी थालेकाे बताइएकाे छ । राजधानी डिसीको अज्ञात स्थलमा अहिले बैठक जारी रहेको र बैठकमा कंग्रेस सदस्य तथा सिनेटरहरुले संविधानको धारा २५ प्रयोग गरेर राष्ट्रपतिलाई पदबाट हटाउने विषयमा छलफल गरिरहेको रिपोर्टमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..