मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ


काठमाडौं । झुक्यानमा पारी भिजिट भिषामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाई फकाई राहदानी बनाउन लगाई २०७३ बैशाख २७ गते एक जना अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएकोमा राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्यानमा पारी भिजिट भिषामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो ।

ती व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..