छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

विराटनगर । छोरी बलात्कारको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर – ९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेकाे उनकाे नाम गाेप्य राखिएकाे छ । उनकाे परिचय खुलेपछि बलात्कृत किशाेरीकाे पनि परिचय खुल्ने भएपछि प्रहरीले उनकाे परिचय गाेप्य राखेकाे हाे ।

बलात्कारबाट बसेको गर्भ रहेपछि त्यही गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला उनी पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए । तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज पुगेकाे थिए ।

अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरे । सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीका बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..