गैंडाको खागसहित ५८ वर्षीय नैनबहादुर कठरिया पक्राउ


कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो ।

स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।

संघीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमबार बिहान कठरियालाई पक्राउ गरेको हो ।
उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा छानबिन भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..