कंचनपुरको गडीगोठ सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवक माथि गोलि प्रहार

कञ्चनपुर । कञ्चनपुरको जिल्लाको माहाकाली नगरपालिको सिमा क्षेत्र संग जोडिएको भारतको गडीगोठको बन क्षेत्रमा गोली लागि एक जना नेपाली घाइते भएका हुन ।

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को सीमा क्षेत्रको संग जोडिएको भारतको गडीगोठको वन क्षेत्रमा गोली चल्दा अन्दाजी १८ वर्षिय नरेश सुनार घाइते भएका हुन् ।

सुनार भारतबाट घरको लागि आवश्यक समान ल्याएर नेपाल फकने क्रममा नेपाल भारत सिमा क्षेत्र संग जोडिएको भारतको गडीगोठको वन क्षेत्रमा एक्कासी गोलीको आवाज सुनेपछि भाग्न खोज्दा गोलीको छर्रा खुट्टामा लागि घाइते भएको स्थानीय सुनिल चन्दले जानकारी दिनु भएको छ ।

घाइतेलाई उपचारका लागि महाकाली अस्पताल ल्याइदैछ । घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..