लहानबासी भन्छन् : वाह , डिएसपी हुन् त थापा जस्तो

सिरहा । दशै तिहार लगायतका चाडपर्व र उत्सवहरुमा सिरहाको लहानमा सँधै झैझगडा हुने गथ्र्यो । मदिरा सेवन गरेर होहल्ला गर्ने र सामाजिक बिकृती निम्तिएका घट्नाहरु पनि बिगतका चाडबाडमा प्रशस्त हुने गर्थे ।

तर यसपालीको दशैमा त्यस्तो कुनै अपृय घट्ना भएनन् । न त मदिरा सेवन गरेर सार्वजानिक रुपमा कसैले होहल्ला नै गर्यो । किन त ? किनभने यसपालीको दसैँमा ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज डिएसपी शरत कुमार थापा क्षेत्रीले कडा ड्यूटी गरे ।

दसै सुरु हुनु अघि नै डिएसपी क्षेत्रीले गाउँगाउँमा पुगेर घरेलु मदिरा भारीमात्रा नियन्त्रणमा लिएर नष्ट गरे । २४ सै घण्टा सुरक्षा ब्यवस्था कडा गरे । त्यसैले यसपाली दसैमा लहानमा त्यस्तो अपृय घट्ना घटेन ।
दसैमा शान्तिसुरक्षा कायम गर्न अहोरात्र खटेका डिएसपी क्षेत्रीको कामप्रतीको लगन देखेर अहिले लहानबासी भन्ने गर्छन् , वाह , डिएसपी हुन त शरत कुमार थापा क्षेत्री जस्तो ।

डिएसपी क्षेत्रीले गरे ईप्रकामा खानेपानीको ब्यवस्था
डिएसपी क्षेत्रीको प्रयासमा ईलाका प्रहरी कार्यालयमा धारा जडान भएको छ । वोरिगं मार्फत मोटरबाट खानेपानीको ब्यवस्था गरिएको हो ।
ईप्रका स्थापनाकाल देखी खानेपानीको ब्यवस्था हुन सकेको थिएन ।

त्यस्तै डिएसपी थापाले जनप्रतिनिधीहरुको सहयोगमा धनगडी र ठाँडीमा प्रहरी चौकीका लागि जग्गा ब्यवस्था गरेकाछन् ।
डिएसपी थापा क्षेत्रीले धनगडीको बिष्णुपुरमा ५ कठ र ठाँडीमा ५ धुर जग्गाको ब्यवस्था गरेका हुन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..