जेलबाट छुट्ने रविको डिजाइन फेल खायो, अब रास्वपा टिमले फेरि रोइलो मच्चाउने छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेल बाट छुट्ने अर्को डिजाइनपनि फेल खाएको टिप्पणी गरेका छन् ।लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले थुनामै राख्ने आदेश जारी गरेसँगै बस्नेतले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

‘नमागेको अमानत बुझाएर अपारदर्शी र स्रोत नखुलेका कमाइ भएका व्यक्तिहरूलाई परिचालन गरेर जेलबाट छुट्ने उनको अर्को डिजाइन पनि फेल भयो,’ उनले लेखेका छन्, ‘आफूले म ठग हुँ भनेर स्वीकार गरेको परिस्थितिलाई अदालतले तिमी दोषी छैनौ भन्न सकिँदैन त्यही भएर तिमी पूर्वपक्षमै जेल बस भनेर भनिदियो।’

अदालतको आदेशसँगै फेरी रास्वपा टिमले रोइलो मच्चाउने बस्नेतले बताए । ‘लामिछानेले २ करोड ७४ लाखको बैङ्क जमानतसहित रिहा मागे पनि निवेदन अस्वीकृत भएको छ,’ उनले लेखेका छन्, ‘अब सरकार ‘झन् प्रतिशोधी’ भयो भन्दै रास्वपा टिमले फेरि रोइलो मच्चाउने नै छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..