भारतीय र पाकिस्तानी नौसेनाको अरब सागरमा अलग-अलग अभ्यास

नयाँ दिल्ली । भारतीय र पाकिस्तानी नौसेनाहरूले सोमबारदेखि आगामी केही दिनसम्म अरब सागरमा एकै समयमा तर छुट्टाछुट्टै अभ्यास गर्ने भएका छन्।रक्षा स्रोतका अनुसार भारतीय र पाकिस्तानी नौसेनाले अभ्यासको तयारीसहित हवाई यातायातलाई अस्थायी रूपमा प्रतिबन्ध गर्ने सूचना (नोटम) जारी गरेका छन्।

सामान्यतया, निश्चित समय र क्षेत्रमा हवाई यातायात रोकिँदा यस्तो सूचना जारी गरिन्छ।भारतीय नौसेनाका युद्धपोतहरूले अगस्ट ११ र १२ तारिखमा अरब सागरमा अभ्यास गर्नेछन्। त्यस्तै, पाकिस्तानी नौसेनाले पनि आफ्नो क्षेत्रीय पानीमा नौसैनिक अभ्यास गर्न नोटम जारी गरेको छ।

यसअघि अप्रिल १ देखि १३ सम्म भारत र अमेरिकाबिच विशाखापट्टनम तथा काकीनाडा तटीय क्षेत्रमा संयुक्त सैन्य अभ्यास भएको थियो। त्यस अभ्यासको मुख्य उद्देश्य मानवीय सहायता तथा विपद् राहतमा दुवै सेनाबीचको समन्वय र परिचालन क्षमता वृद्धि गर्नु थियो।

उक्त संयुक्त अभ्यासमा जमिन, हावा र समुद्री तीनै माध्यममा तालिम सञ्चालन भएको थियो। भारतीय नौसेनाका आईएनएस जलाश्व, आईएनएस घडियाल, आईएनएस मुम्बई, आईएनएस शक्ति लगायतका युद्धपोत, वायुसेनाको सी-१३० विमान, एमआई-१७ हेलिकप्टर, सेनाको ९१ इन्फन्ट्री ब्रिगेड र र्‍यापिड एक्सन मेडिकल टोली सहभागी थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..