भारतीय र पाकिस्तानी नौसेनाको अरब सागरमा अलग-अलग अभ्यास

नयाँ दिल्ली । भारतीय र पाकिस्तानी नौसेनाहरूले सोमबारदेखि आगामी केही दिनसम्म अरब सागरमा एकै समयमा तर छुट्टाछुट्टै अभ्यास गर्ने भएका छन्।रक्षा स्रोतका अनुसार भारतीय र पाकिस्तानी नौसेनाले अभ्यासको तयारीसहित हवाई यातायातलाई अस्थायी रूपमा प्रतिबन्ध गर्ने सूचना (नोटम) जारी गरेका छन्।

सामान्यतया, निश्चित समय र क्षेत्रमा हवाई यातायात रोकिँदा यस्तो सूचना जारी गरिन्छ।भारतीय नौसेनाका युद्धपोतहरूले अगस्ट ११ र १२ तारिखमा अरब सागरमा अभ्यास गर्नेछन्। त्यस्तै, पाकिस्तानी नौसेनाले पनि आफ्नो क्षेत्रीय पानीमा नौसैनिक अभ्यास गर्न नोटम जारी गरेको छ।

यसअघि अप्रिल १ देखि १३ सम्म भारत र अमेरिकाबिच विशाखापट्टनम तथा काकीनाडा तटीय क्षेत्रमा संयुक्त सैन्य अभ्यास भएको थियो। त्यस अभ्यासको मुख्य उद्देश्य मानवीय सहायता तथा विपद् राहतमा दुवै सेनाबीचको समन्वय र परिचालन क्षमता वृद्धि गर्नु थियो।

उक्त संयुक्त अभ्यासमा जमिन, हावा र समुद्री तीनै माध्यममा तालिम सञ्चालन भएको थियो। भारतीय नौसेनाका आईएनएस जलाश्व, आईएनएस घडियाल, आईएनएस मुम्बई, आईएनएस शक्ति लगायतका युद्धपोत, वायुसेनाको सी-१३० विमान, एमआई-१७ हेलिकप्टर, सेनाको ९१ इन्फन्ट्री ब्रिगेड र र्‍यापिड एक्सन मेडिकल टोली सहभागी थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..