१३ हजार घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ, प्रमुख र सर्भेक्षकको मोवाइल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनमा सेवाग्राहिसँग १३ हजार घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका कार्यालय सहयोगी पदमा कार्यरत एकेन्द्र कुँवर पक्राउ परेका हुन् ।

अयोगको केन्द्रीय कार्यालय टंगालबाट खटेको टोलीले कुँवरलाई १३ हजार रुपैयाँ घुस रकम सहित कार्यालय परिसबाटै पक्राउ गरेको हो ।आयोगको टोलीले नापी कार्यालय कलंकीका प्रमुख र सर्भेक्षकको मोवाइल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

कार्यालय सहयोगीलाई विचौलिया बनाएर सेवाग्राहिसँग घुस लिएको गुनासो आएपछि आयोगको टोलीले कार्यालय प्रमुख र सर्भेक्षकको मोवाइल नियन्त्रणमा लिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..