सर्लाहीको गैरमा जुवाको जालो : आठ वटै जिल्ला सहित सिन्धुलीका खेलाडीहरू समेत भेला, प्रहरी प्रशासन मौन

सर्लाही । गैरकानूनी मानिने जुवा खेल सर्लाही जिल्लाको गैरमा भने खुलेआम भइरहेको छ। स्थानीय प्रशासन र प्रहरीको ‘बेवास्ता’का कारण जुवाधन्दा फस्टाउँदै गएको र यसले समाजमा नकारात्मक असर पारेको गुनासो बढ्दै गएको छ।

विशेष गरी सर्लाहीका विभिन्न गाउँहरूमा ठूलो संख्यामा मानिसहरू भेला भएर कौडा जुवा खेल्ने गरेको पाइएको छ। अचम्मको कुरा त के छ भने, यहाँ जुवा खेल्नको लागि छिमेकी जिल्लाहरू सिरहा, सप्तरी, धनुषा , महोत्तरी , बारा , पर्सा र सिन्धुलीबाट समेत ‘खेलाडीहरू’ आउने गरेको स्थानीयहरू बताउँछन्।

आर्थिक मन्दीको मारमा जुवाको लत

अहिले देशभर आर्थिक मन्दीको अवस्था छ, जसले धेरै परिवारको जीविकोपार्जनमा असर पारेको छ। यस्तो नाजुक अवस्थामा पनि मानिसहरू जुवामा फसेर आफ्नो सम्पत्ति र पैसा गुमाउँदैछन्। यसले धेरै परिवारलाई आर्थिक संकटमा पारेको मात्र होइन, घरबार नै उजाडिने अवस्थामा पुर्याएको छ।

प्रशासनको भूमिकामाथि प्रश्न

कानुनी रूपमा जुवा खेल्ने र खेलाउनेलाई कडा कारबाहीको प्रावधान हुँदाहुँदै पनि खुलेआम यो धन्दा चल्नुले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय बासिन्दाहरूले प्रहरीलाई पटकपटक खबर गर्दा पनि कुनै ठोस कदम नचालिएको गुनासो गरेका छन्। यसले प्रहरी र जुवा खेलाउने गिरोहबीचको मिलेमतोलाई समेत संकेत गर्दछ।

यस विषयमा स्थानीय प्रहरी प्रशासनले तत्कालै कदम चालेर अवैध जुवालाई नियन्त्रण गर्नुपर्ने र कानुनको पालना गराउनुपर्ने माग बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..