शिक्षकका लागि छुट्टै सेवा ऐन आवश्यक छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षा प्रणालीमा सुधार ल्याउन शिक्षकको सेवा सुविधा र शैक्षिक क्षेत्रका विषय छुट्टै कानुनमार्फत व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन्।

१२ कक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले शिक्षा सुधारका लागि केवल परीक्षाफललाई आधार मानेर मूल्याङ्कन गर्नु पर्याप्त नहुने बताए।

मुख्यमन्त्री कार्कीले शिक्षकहरूको सेवा, पारिश्रमिक, स्थायित्व र सुरक्षाका विषय छुट्टै ढंगले सम्बोधन नगरेसम्म सुधार सम्भव नहुने तर्क गरे।

देशभर देखिएको ‘ब्रेन ड्रेन’ न्यूनीकरणका लागि व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने धारणा पनि राखेका मुख्यमन्त्री कार्कीले शिक्षा प्रणाली सुधारका नाममा बहसहरू सीमित दायराभित्र समेटिएको भन्दै शैक्षिक नीतिमा दीर्घकालीन दृष्टिकोणको खाँचो औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..