बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने : गृहमन्त्री लेखक

काठमाडौं । बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने भएको छ। गृहमन्त्री रमेश लेखकले मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताए। उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे।

‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन्। ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही निर्णय गरेका छौं। यसलाई हामी संसोधन गछौं,’ गृहमन्त्री लेखकले भने, ‘देश र जनताको हितमा बनाउँछौं। त्यसैले कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ।’

त्यस्तै उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव भएको पनि जानकारी दिए।

यो बहुविवाह सम्बन्धित व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानामा माफी तथा परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गरी यसलाई संसोधन र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा उपसमिति गठन गरेको उनले बताए।

उनको अनुसार त्यो उपसमितिले सम्बन्धी मन्त्रालयको पनि राय सुझाव लिएर अरु पनि आवश्यक छलफल गरेर विधेयकलाई हामीले संसोधन परिमार्जन गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..