कांग्रेसबाट निर्वाचित तारकेश्वर-११ का वडाध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ

काठमाडौं ।तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार ११ जनालाई पक्राउ गरिएको हो ।

काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले वडाध्यक्ष बस्नेतलगायतविरूद्ध जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरूद्ध ज्यानमार्ने उद्योग कसुरमा पक्राउ पुर्जी जारी भएको हो। उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।बालाजु प्रहरी वृत्तका अनुसार बस्नेतलगायतलाई आज बिहान पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ परेका वडाध्यक्ष बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।तारकेश्वर–११ र काठमाडौं–१६को सीमाना पर्ने महादेव खोला किनारमा बाँध निर्माण गर्ने विषयमा दुई पक्षका स्थानीयबीच झडप भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..