‘कुलिङ अफ पिरियड’ राख्नु हुँदैन भनेर लागेकै हो, अझै त्यही माग छ : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कुलिङ पिरियड हेरफेरमा मानवीय त्रुटि हुन पुगेको बताएका छन्।नेपाली कांग्रेसका सांसद जीवन परियार सभापतित्वको कुलिङ पिरियडमा त्रुटिबारे छानबिन समितिसँग कुराकानीका क्रममा मुख्यसचिव अर्यालले कर्मचारीहरूप्रति विश्वास नगर्दा यस्तो समस्या आएकोसमेत बताएका हुन्।

निजामती कर्मचारीलाई अवकास वा राजीनामाको दुई वर्षसम्म नियुक्ति दिन नमिल्नेबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरे पनि प्रतिनिधि सभाबाट निजामती विधेयक पारित भएर आउँदा त्यसमा हेरफेर भएको थियो। त्यसपछि छानबिन गर्न सभामुख देवराज घिमिरेले ७ सदस्यीय समिति गठन गरेका थिए।

मुख्यसचिव अर्यालले कुलिङ पिरियड नराख्न सभामुख, प्रधानमन्त्री, कांग्रेस सभापति र माओवादी अध्यक्षसँग भेटेर आफूहरूले कुरा राखेकोसमेत बताएका छन्।मुख्यसचिवले समितिसँग भनेका छन्–‘समितिबाट विधेयक पारित भएपछि सभामुखज्यूसँग कुलिङ पिरियड राख्नु हुँदैन भन्न गएकै हो। देउसी भैलो गर्न नभई पदीय हैसियतले आफ्नो कुरा राखेको हो ।’

यस्तो छ मुख्यसचिवको भनाइ

संघीय निजामती विधेयकको सम्बन्धमा भएको केही छलफलमा म पनि सहभागी भएको छु। समितिबाट पारित भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पारित भएपछि मिडियामार्फत थाहा पाएको हुँ।

कुलिङ अफ पिरियड राख्नु हुँदैन भनेर हामी हाम्रो हक अधिकारको रूपमा लागेकै हो। अझै त्यही माग छ। यो विधेयक ऐन नबनेसम्म राख्नु हुँदैन भनेर लागिरहन्छु।प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत समक्ष कुलिङ अफ पिरियड राख्नु हुँदैन भन्ने माग राखैकै हो।

समितिबाट विधेयक पारित भएपछि सभामुखज्यूसँग कुलिङ पिरियड राख्नु हुँदैन भन्न गएकै हो। देउसी भैलो गर्न नभई पदीय हैसियतले आफ्नो कुरा राखेको हो ।त्रुटि सच्याउनु पर्छ। कर्मचारीहरूप्रति विश्वास नगरी विश्वासको खडेरीले समस्या आएको हो।यही कारण कुलिङ अफ पिरियडमा उपदफा (४) र (५) को सम्बन्धमा नियतवश भन्दा मानवीय त्रुटि हुन गएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..