अख्तियारद्वारा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ। घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएका डम्मरबहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आयोगले अनुसन्धान गर्दा उनी आफैँ भ्रष्टाचारमा संलग्न भएको खुलेको हो।

बाँकेको कोहलपुर नगरपालिका निवासी बुढाथोकीलाई खरिदार रतन बहादुर जिसीसमेत प्रतिवादी रहेको घुस तथा रिसवतसम्बन्धी मुद्दामा सरकारी साक्षी बनाइएको थियो। तर, उनले २०८२ साल असार २६ गते विशेष अदालतमा उपस्थित भई अनुसन्धान अधिकृत समक्ष गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए।आयोगको अनुसन्धानबाट बुढाथोकीले आफ्नो जग्गाको मोठ भिडाउन सहजीकरण गरिदिनका लागि शान्ति पुन (बिचौलिया), खरिदारद्वय रतन बहादुर जिसी र हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीसँगको मिलेमतोमा नगद २० हजार रुपैयाँ घुस दिएको प्रमाणित भएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर ठहरिएको छ। आयोगले बुढाथोकीविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३० ले निर्देश गरेबमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो। साथै, घुस र रिसवतबापत दिएको रकम सोही ऐनको दफा ३ को उपदफा (१) तथा सोही ऐनको (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा १ (क) बमोजिम जफत हुन पनि माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..