प्रहरीद्वारा हवाई फायर गरी लागुऔषधसहित २ जना पक्राउ


आलोक यादव / सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१, बरहिबिरपुरबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, सप्तरी , लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाको संयुक्त टोलीले विशेष सुराकीको आधारमा जाँच गर्ने क्रममा प्रहरीलाई देखेर भाग्ने प्रयास गरेपछि हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।


पक्राउ पर्नेहरूमा छिन्नमस्ता गाउँपालिका-१, बरहिबिरपुरका ३० वर्षीय विशाल राय र डाकनेश्वरी नगरपालिका-७, मझौराका ३५ वर्षीय मनोज राय रहेका छन्। उनीहरूको साथबाट करिब २०० ग्राम खैरो हेरोइन, २ थान मोबाइल र एउटा मोटरसाइकल (स ८ प ८२२५) समेत बरामद भएको छ।


पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पठाइएको छ। उक्त स्थान जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट करिब ७ किलोमिटर दक्षिणमा पर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..