जनयुद्धका प्रथम सहिदको फोट-फ्रेमसहित विप्लव भेट्न पुगे किराती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किराती र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

विप्लव भेट्न किराती आज ललितपुरस्थित उनको निवास हात्तिवन पुगेका थिए । भेटका क्रममा नेता किरातीले विप्लवलाई जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो फ्रेम गरिएको आँखिझ्याल प्रदान गरे । भेटमा समसामयिक विषयमा छलफल भएको किरातीले बताए ।

‘जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो आँखिझ्यालको फ्रेममा राखेर दिएँ । आँखिझ्यालबाट नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनलाई महासचिव विप्लवले कसरी चिहाउनुभएको छ ? सहिदको सपनाको बाटोमा अब हामी के गर्छौं, त्यो अभिभारालाई हामीले कसरी पूरा गर्छौंलगायतका बहुआयमिक अर्थ यसमा छ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..