जनयुद्धका प्रथम सहिदको फोट-फ्रेमसहित विप्लव भेट्न पुगे किराती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किराती र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

विप्लव भेट्न किराती आज ललितपुरस्थित उनको निवास हात्तिवन पुगेका थिए । भेटका क्रममा नेता किरातीले विप्लवलाई जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो फ्रेम गरिएको आँखिझ्याल प्रदान गरे । भेटमा समसामयिक विषयमा छलफल भएको किरातीले बताए ।

‘जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो आँखिझ्यालको फ्रेममा राखेर दिएँ । आँखिझ्यालबाट नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनलाई महासचिव विप्लवले कसरी चिहाउनुभएको छ ? सहिदको सपनाको बाटोमा अब हामी के गर्छौं, त्यो अभिभारालाई हामीले कसरी पूरा गर्छौंलगायतका बहुआयमिक अर्थ यसमा छ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..