देउवाजीले सभापति पद छाड्नुहुन्छ, महाधिवेशन सर्छ : सहमहामन्त्री परियार

भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने बताएका छन् ।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित नेपाली कांग्रेस नगर समितिको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले देउवा निरन्तर दुई कार्यकालसम्म मात्रै सभापति हुन सक्ने पार्टी विधानका कारण पदबाट विदा लिने तयारीमा रहेको जानकारी दिए ।

परियारले भने, “पार्टीको विधानमा लगातार दुई पटकसम्म मात्र सभापति हुन पाउने व्यवस्था छ। सभापतिज्यू आफैंले पनि यो कुरा सार्वजनिक रूपमा बताइसक्नु भएको छ। त्यसैले १५औं महाधिवेशनबाट कांग्रेसले नयाँ सभापति पाउनेछ।”
तर, नयाँ सभापतिको सम्भावित उम्मेदवारबारे उनले केही खुलाएनन् ।

नियमअनुसार २०८२ मंसिरमा हुनुपर्ने महाधिवेशन निर्धारित समयमा सम्भव नभएको उनले बताए ।“विधानमा एक वर्ष पछाडि सार्न सकिने व्यवस्था छ। मंसिरमा बस्ने बैठकले महाधिवेशनलाई एक वर्ष पछि धकेल्ने निर्णय गर्नेछ,” परियारले भने । उनका अनुसार अब महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..