सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) विश्वासको मत लिँदै छन् । उनले अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता गरेपछि उनले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमाले र कांग्रेसले ह्वीप जारी गरेको छ । एमाले र कांग्रेसले आफ्ना सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित हुन र विश्वासको पक्षमा मत हाल्न निर्देशन दिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ मत आवश्यक हुन्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद जोड्दा बहुमत सजिलै पुग्छ। तर, शाह नेतृत्वको सरकारले दुई तिहाई भने गुमाउनेछ ।

प्रदेशसभामा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ , एकीकृत समाजवादीका ४ जना, राप्रपा र स्वतन्त्र सांसद १–१ जना सांस्द छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..