बागमतीमा कांग्रेस संस्थापन पक्षलाई मात्रै एमालेको समर्थन !

हेटौंडा । बागमती प्रदेशमा प्रमुख सत्ता साझेदार नेकपा एमालेले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादबीच पार्टीको संस्थापन पक्षलाई मात्र समर्थन गर्ने औपचारिक घोषणा गरेको छ ।

बुधबार हेटौंडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकपछि दलका नेता जगन्नाथ थपलियाले सार्वजनिक रूपमा पार्टीको निर्णय सुनाए ।

एमालेको यो निर्णय कांग्रेसभित्र दलको नेताको हैसियत गुमाइसकेका मुख्यमन्त्री बहादुरसिंह लामाको मन्त्रीमण्डल विस्तार प्रयासलाई ठुलो झट्का हुनसक्छ। एमालेको असहमतिको कारण लामा नेतृत्वले मन्त्रीमण्डल विस्तार अघि बढाउन नसकेको बताइएको छ ।

थपलियाले नेपाली कांग्रेसभित्रको आन्तरिक समस्या प्रदेश सरकारमा असर नपरोस् भन्ने उद्देश्यले एमाले सावधानीपूर्वक अगाडि बढेको स्पष्ट पारे ।

प्रदेश राजनीतिमा यो घोषणा एमालेको सशक्त दबाब रणनीतिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..