चर्कियो नागरिक उन्मुक्ति पार्टीमा विवाद ,श्रेष्ठलाई पार्टी अध्यक्षबाटै हटाउने तयारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद झनै चर्किएको छ। पार्टीको बहुमत पक्षले रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाटै हटाउने तयारी थालेको छ। अध्यक्ष श्रेष्ठ र नागरिक उन्मुक्तिका संरक्षकसमेत रहेका उनका पति रेशम चौधरीबिच लामो समयदेखिको विवाद थप चर्किएपछि अध्यक्ष हटाउने तहसम्म पुगेको हो।

स्रोतका अनुसार काठमाडौंमा आज भइरहेको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउनेबारे निर्णय लिने सम्भावना छ। पार्टीका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका रामलाल डगौरा थारूको अध्यक्षतामा रहेको अनुशासन आयोगको बैठकले अध्यक्ष श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरिसकेको छ।

नागरिक उन्मुक्तिका बहुमत संस्थापक केन्द्रीय सदस्यको गत आइतबार बसेको बैठकले बहुमत सदस्यको मागअनुसार केन्द्रीय समिति बैठक नबोलाएको भन्दै अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार अनुशासन समितिले स्पष्टीकरण माग गरे पनि अध्यक्ष श्रेष्ठले स्पष्टीकरण नबुझाएको समितिले जानकारी दिएको छ।

‘बहुमत सदस्यले बैठक बोलाउन माग गर्दा अध्यक्षले बेवास्ता गर्नुभयो। अध्यक्षले नबोलाएपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले अध्यक्षलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर कारबाही प्रक्रिया सुरु गरिसकेको छ,’ नागरिक उन्मुक्तिका एक नेताले भने, ‘अनुशासन आयोगले पनि कारबाहीको सिफारिस गरिसकेको छ।

आजको भेलाले अध्यक्षलाई हटाएर अर्कोलाई तोक्ने निर्णय गर्ने तयारी छ।’संस्थापक बहुमत केन्द्रीय सदस्यले कारबाही गर्न सक्ने आकलनसहित रञ्जिताले आइतबार नै आफूनिकट नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। पोखराको जग्गा विवादसम्बन्धी घुस डिल प्रकरणमा अख्तियारको अनुसन्धानमा तानिएकी श्रेष्ठले आफ्नो स्वास्थ्यको कारण देखाउँदै कार्यवाहक अध्यक्ष तोकेको उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..