मुख्यमन्त्री बहादुरसिंह लामाले गुमाए बागमती प्रदेश कांग्रेस संसदीय दल नेताको हैसियत

काठमाडौं । मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन्।

मंगलबार बसेको संस्दीय दलको बैठकमा अविश्वास प्रस्तावको पक्षमा बहुमत जुटेपछि लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्।

मंगलबार संसदीय दलमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै खसेको छ। लामाको विपक्षमा २२ मत परेको छ।

संसदीय दलमा विश्वास गुमाएसँगै उनले मुख्यमन्त्री पनि छाड्नु पर्ने अवस्था आएको छ।

लामाको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीका लागि बाटो खुलेको छ।

२२ सांसद बानियाँको पक्षमा उभिएपछि लामाले अजै बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिने सम्भावना छ । त्यसपछि सरकार हस्तान्तरण गर्न मार्गप्रशस्त हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..