नाइजेरियामा अपहरणकारीले फिरौती लिएपछि गरे ३८ बन्धकको हत्या

एजेन्सी । नाइजेरियामा अपहरणकारीले कम्तीमा ३८ जनालाई अपहरण गरी हत्या गरेका छन् । रिहाइका लागि फिरौती बुझाइसकिएको उनीहरूको हत्या गरिएको हो ।

गत मार्चमा उत्तरी जाम्फारा राज्यको बंगा गाउँबाट ५६ जनालाई अपहरण गरिएको थियो ।

नाइजेरियाली मिडियाको रिपोर्टअनुसार बन्दुकधारीहरूले अपहरणपछि प्रतिव्यक्ति दस लाख नाइरा (६५५ डलर) फिरौती मागेका थिए ।

स्थानीय सरकारका अध्यक्ष मन्निरु हैदरा कौराले मृत्यु भएकाहरूमध्ये अधिकांश युवा रहेको र उनीहरूलाई ‘भेडाहरूजस्तै काटिएको’ बताए ।

शनिबार रिहा गरिएकामध्ये १६ जना अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..