प्रधानमन्त्रीप्रति सुमनाको कटाक्ष– हेलिकप्टरमा जाँदैमा मधेशमा पानी आउँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत शुक्रबार सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न स्थानको अवलोकन भ्रमण गरेका थिए।संघीय सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि शुक्रबार हेलिकप्टरमार्फत्सुख्खाग्रस्त क्षेत्रको अवलोकनका लागि मधेश प्रदेश गएका थिए।

तर, सोही विषयलाई लिएर रास्वपाकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेकी छन्। सोमबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी नआउने बताएकी हुन्।‘खडेरी प¥यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन,’ उनले भनिन्।

मधेशको समस्यालाई चुनावी एजेण्डामात्र बनाउन नहुने भन्दै उनले समाधान पनि गर्नुपर्नेमा जोड दिइन्।समिति बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई सचेत गराइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..